सामाजिक कुरिति, घरेलु हिसां र आत्महत्या न्युनिकरण सचेतना कार्यक्रम कपिलवस्तुमा सञ्चालन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नबिन भण्डारी कपिलवस्तु, माघ १२

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना एवम् संचारीका समुह लुम्बिनीको समन्वयमा सामाजिक कुरिति, घरेलु हिसां र आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम कपिलवस्तुमा सञ्चालन गरिएको छ । सोमबारबाट सुरु भएको २ दिने सचेतना कार्यक्रम मंगलवार समापन हुनेछ ।

कार्यक्रममा कानुनसंग सम्बन्धित व्यक्ति, जनप्रतिनिध, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले कुरिति घरेलु हिंसा भएमा सहन नहुने भन्दै प्रहरी कहाँ कसरी उजुरि गर्ने, प्रहरीले गर्ने पहल तथा कानुनी सजायका बारेमा सहजिकरण गरेका थिए । डिएसपी अधिकारीले समाजमा घटेका घट्नाहरुलाई कुनै पनि डर, धम्की वा प्रलोभनमा पारेर मिलाउन खोज्नेलाई समेत हुने सजायको बारेमा स्पष्ट पारेका थिए । उनले जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका विभिन्न उजुरीको त्रिबर्षिय विवरण प्रस्तुत गर्दै समाजका हरेक विकृति विसंगतिलाई अन्त्य गर्न समुदायको अहम भुमिका अपरिहार्य रहने बताए ।

त्यस्तै संचारीका समुह लुम्बिनीका महा–सचिव अमृता अनमोलले समाजमा पुरुषको तुलनामा महिला हिंसा बढि भएकाले त्यस्ता महिलालाई पैरवी गरी पिडा यातनाबाट छुटकारा गराउनु सबैको कर्तब्य रहेको बताईन् । कार्यक्रमको सहजिकरण गर्दै उनले महिलाका समस्या, उनीहरुले वहन गर्नुपर्ने कर्तब्य तथा दायित्वको बारेमा स्पष्ट पार्दै संचारकर्मीले पनि सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएकी थिईन् । उनले सहभागिका अनुभव, समस्या तथा जिज्ञासा मेटाउन समस्या समाधानको बारेमा सम्बन्धित व्यक्तिसंग सवाल जवाफ समेत गर्दै विभिन्न बिषयमा अन्तरक्रिया पनि गरेकी थिईन् ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत अमिता खनालले सामाजिक कुरिति, घरेलु हिसां, र आत्महत्या सम्बन्धमा बनेका ऐन कानुनहरुको बारेमा सहजिकरण गरेकी थिईन् । उनले उजुरी दिने निकाय, समय, फैसला गर्ने समय, पिडितलाई हुनुपर्ने क्षतीपुर्ति, पिडकलाई हुने सजाय लगायत सम्पुर्ण प्रक्रियाबारे बुंदागत रुपमा स्पष्ट पारेकी थिईन् ।

उद्घाटन कार्यक्रममा संचारीका समुह लुम्बिनीका अध्यक्ष पार्वती पाण्डेको अध्यक्षता, आतरिक मामिला तथा कानुन मन्बालयका कानुन सहजकर्ता बिद्या घिमिरेको स्वागत मन्तब्य तथा संचारीका समुहका महा–सचिव अमृता अनमोलको सञ्चालन रहेको थियो ।


प्रकाशित : २०७७ माघ १२, सोमबार ११:२८