लुदअ कपिलवस्तु, माघ १३
लगातारको बढिरहेको चिसो सँगैको शितलहरका कारण कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विद्यालय बन्द गरेको छ ।
विद्यालयमा अध्ययनरत वालवालिकाको स्वास्थय समस्यालाई ध्यानमा राख्दै नगरपालिकाले माघ १३ गते मंगलबार आज देखि १६ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत विजय कुमार कार्कीद्धारा जारी एक सुचना अनुसार विद्यालयका प्रशासनिक कामकाज बाहेक पठनपाठन कार्य चार दिनका लागि बन्द गरिएको हो ।