थर्ड आई संस्थाद्धारा कपिलवस्तु बाल गृहलाई २ ओटा दराज प्रदान

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु
थर्ड आई संस्थाले कपिलवस्तु बाल गृहलाई २ ओटा दराज प्रदान गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका युवाहरुले थर्ड आई संस्था मार्फत बाल गृहलाई सहयोग स्वरुप दुई ओटा दराज उपलब्ध गराएका हुन् । बालबालिकाहरुको व्यक्तिगत सरसामान राख्न सहजहोस् भन्ने उद्देश्यका साथ दराज उपलब्ध गराईएको संस्थाले जनाएको छ ।

करिब रु ३६ हजार रुपैयाँ बराबरको दुई ओटा दराज उपलब्ध गराएको थर्ड आई नामक संस्थालाई नेपाल बाल संगठन कपिलवस्तुका सभापति गोपाल ज्ञवालीले धन्यबाद व्यक्त गरे ।

त्यस्तै उहाँले यस पबित्र मानविय सेवा कार्यमा हात बढाई अस्हाय बालबालिकाहरुको खाना, खाजा लगायत लालनपालन र व्यवस्थापनमा सहयोग गर्न चाहाने र ईच्छा भएका दाता धर्मि महानुभावहरूले नेपाल बाल संगठन, कपिलवस्तुका नाममा माछापुच्छ्रे बैंक लि. तौलिहवा शाखामा रहेको खाता नम्बर १००१५२४९४६८५९०१९ मा रकम जम्मा गरि सहयोग गर्नु सम्पूर्णलाई आग्रह गरेका छन् ।


प्रकाशित : २०७७ माघ १३, मंगलवार ०२:०१