२ दिने सचेतना कार्यक्रम कपिलवस्तुमा सम्पन्न

हरि आचार्य कपिलवस्तु, माघ १३

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना एवम् संचारीका समुह लुम्बिनीको समन्वयमा सामाजिक कुरिति, घरेलु हिसां, र आत्महत्या न्युनिकरणका लागि २ दिने सचेतना कार्यक्रम कपिलवस्तुमा सम्पन्न गरिएको गरिएको छ । सोमबारबाट सुरु भएको २ दिने सचेतना कार्यक्रम मंगलवार समापन गरिएको हो । कार्यक्रममा कानुनसंग सम्बन्धित व्यक्ति, जनप्रतिनिध, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कानुन तर्जुमा महाशाखा प्रमुख केदार कोईरालाले सहजिकरण गर्दै समृद्धको बाटो खोज्नका लागि आफ्नो जिम्मेवारी अधिकार संगै दायित्व पनि पुरा गर्न आवश्यक रहेको बताए ।

संचारीका समुह लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डेले महिला हिंसाका कारण, महिला पछाडि पर्नुका कारण तथा महिलालाई अब सशक्त रुपमा अगाडि बढाउन गर्नुपर्ने पहलको बारेमा स्पष्ट पारेकी थिईन् ।

त्यस्तै पहिलो दिन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले कुरिति घरेलु हिंसा भएमा सहन नहुने भन्दै प्रहरी कहाँ कसरी उजुरि गर्ने, प्रहरीले गर्ने पहल तथा कानुनी सजायका बारेमा सहजिकरण गरेका थिए । डिएसपी भण्डारीले जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका विभिन्न उजुरीको त्रिबर्षिय विवरण प्रस्तुत गर्दै समाजका हरेक विकृति विसंगतिलाई अन्त्य गर्न समुदायको अहम भुमिका अपरिहार्य रहने बताए ।

संचारीका समुह लुम्बिनीका महा–सचिव अमृता अनमोलले समाजमा पुरुषको तुलनामा महिला हिंसा बढि भएकाले त्यस्ता महिलालाई पैरवी गरी पिडा यातनाबाट छुटकारा गराउनु सबैको कर्तब्य रहेको बताईन् । कार्यक्रमको सहजिकरण गर्दै उनले महिलाका समस्या, उनीहरुले वहन गर्नुपर्ने कर्तब्य तथा दायित्वको बारेमा स्पष्ट पार्दै संचारकर्मीले पनि सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएकी थिईन् । उनले सहभागिका अनुभव, समस्या तथा जिज्ञासा मेटाउन समस्या समाधानको बारेमा सम्बन्धित व्यक्तिसंग सवाल जवाफ समेत गर्दै विभिन्न बिषयमा अन्तरक्रिया पनि गरेकी थिईन् ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत अमिता खनालले सामाजिक कुरिति, घरेलु हिसां, र आत्महत्या सम्बन्धमा बनेका ऐन कानुनहरुको बारेमा सहजिकरण गरेकी थिईन् । उनले उजुरी दिने निकाय, समय, फैसला गर्ने समय, पिडितलाई हुनुपर्ने क्षतीपुर्ति, पिडकलाई हुने सजाय लगायत सम्पुर्ण प्रक्रियाबारे बुंदागत रुपमा स्पष्ट पारेकी थिईन् ।

कार्यक्रममा दाईजो प्रथा, छुवाछुत प्रथा, वालविवाह, बोक्सीको आरोप लगायतका कुरितीलाई उन्मुलनका लागि गर्न आवश्यक पहलहरुको बारेमा सहभागिहरुबाट समुह बनाई प्रस्तुत समेत गरिएको थियो ।

 

 

 

समापन कार्यक्रममा शिवराज नगरपालिकाका उपमेयर शिव कुमारी थारु, मायादेवी गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिवारी, नागरिक समाजका अध्यक्ष डोलक बहादुर पछाईं, मानव अधिकारका लागि एकल महिला कपिलवस्तु अध्यक्ष रुपा राई गुरुङ लगायतले मन्तब्य दिएका थिए ।

संचारीका समुह लुम्बिनीका अध्यक्ष पार्वती पाण्डेको अध्यक्षता, महा–सचिव अमृता अनमोलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *