
लुदस, जीतपुर
कपिलवस्तुको बाणगंगामा रहेको बाणगंगा वेयलफेयर सोसायिटिले सहिदको सम्झनामा दिप प्रज्वनन गरेको छ ।
सहिद दिवसको अवसरमा सधैका वर्षहरु जस्तै यसवर्ष पनि ४ नं चोकमा एक कार्यक्रमको आयोजना गरि शहिदको सम्झना गरेको हो ।
प्रजातन्त्रका निम्ति सहिद बनेकाहरु र आफ्ना सदस्य राजेश सेन लगाएत ज्ञात अज्ञात सहिदहरु प्रत्ति भाव पुर्ण श्रद्धान्जली व्यक्त गर्दै वयलफेयरका अध्यक्ष राजकुमार खाँणले नेपालको परिवर्तनमा सहिदले पुर्याएको योगदानको उच्च कदर गरेका थिए ।

