नागरिकताको लागि कपिलवस्तु प्रशासन आजबाट १० घण्टा खुला हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, माघ १९
नागरिकता वितरणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुले सेवा अवधि बढाएको छ । सबै बालबालिकाकाको लागि पोषण भत्ता दिने सरकारको निर्णयसंगै नागरिकता बनाउनेको भीँड बढेपछि प्रशासनले सेवा अवधि बढाएको हो । एक सूचना जारी गर्दै प्रशासनले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म नागरिकता लिन सकिने गरी समय बढाएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो । यो सेवा अर्को सूचना जारी नहुँदासम्मको लागि कायम रहने पनि पौडेलले बताउनु भयो । यो निर्णय माघ १९ गते (भोलीदेखि नै लागु हुने छ ।

सरकारले ५ वर्षभित्रका बालबालिकालाई बालपोषण भत्ता दिने भए पछि कपिलवस्तुमा नागरिकताको प्रमाण पत्र बनाउनेको भीड बढेको छ । भत्ताका लागि बालबालिकाको आमाबुवा वा संरक्षकको नागरिकता अनिवार्य गरिए पछि कपिलवस्तुमा नागरिकता बनाउन आउनेको संख्या बढ्दो छ । भत्ता बापत प्रति महिना बालपोषणका लागि ४ सय रुपैयाँ पाउने छन ।

तौलिहवासंगै ईलाका प्रशासन कार्यालय जितपुर र चन्द्रौटास्थित ईलाका प्रशासन कार्यालयमा पनि नागरिकता लिनेको संख्या दोब्बरले बढेको छ । तर यी स्थानमा भने विहान १० बजेपछि मात्र सेवा सुरु हुने छ । नागरिकता लिनेको संख्या बढे पनि प्रशासन कार्यालयमा दरबन्दी अनुसार प्रशासकीय अधिकृत, नासु र खरिदार नहुँदा गाह्रो परेको प्रजिअ दीर्घनारायण पौडेलले बताउनु भयो ।


प्रकाशित : २०७७ माघ १९, सोमबार ०१:१९