चिसोका कारण बाणगंगाका बिद्यालय फेरी २ दिन बन्द, सर्पदंश उपचार केन्द्र २ लाख सहयोग गर्ने

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, माघ १९
अत्याधिक जाडो बढेपछि बाणगंगा नगरपालिकामा फेरी दुई दिन विदा दिईएको छ । माघ १९ र २० गते नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको नगरले जानकारी दिएको छ । त्यस्तै बाणगंगा नगरपालिकाको आज बसेको बैठकले अन्य महत्वपूर्ण निर्णयहरु समेत गरेको छ । वैठकले बाणगंगा नगरपालिकाको आठौ नगरसभा फागुन ७ गते गर्ने भएको छ । त्यस्तै बैठकले बाणगंगा, कोईली र घेरी खोलाको ठेक्का सदर गर्ने, बाणगंगा नदीको मधुबन क्षेत्रको आय ठेक्का पहिलो बोलकबुल दिपीका निर्माण सेवालाई प्रदान गर्ने निर्णय गरेको छ ।

भूमिहिन र सुकुमबासी तथा अव्यवस्थित बसोबासको लगत संकलन ईकाई प्रमुखमा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीलाई चयन गरिएको छ । जेष्ठ नागरिक सेवा मिलन केन्द्र संचालन तथा व्यवस्थित कार्यविधि २०७७ स्वीकृत गरिएको छ । त्यस्तै वैठकले बाणगंगा नगरपालिकाको राहत तथा विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७७ समेत स्वीकृत गरेको छ । बैठकले सर्पदंश उपचार केन्द्र गोरुसिङगेलाई रु २ लाख सहयोग गर्ने निर्णय गरेको छ ।


प्रकाशित : २०७७ माघ १९, सोमबार ०१:२२