हरि आचार्य कपिलवस्तु, माघ १९
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ ले वडाका महिला स्वयंसेवीकाको निःशुल्क स्वास्थ्य विमा गरेको छ । १८ जना स्वयंसेवीकाहरुको निःशुल्क स्वास्थ्य विमा गर्नुका साथै क्षमता अभिवृद्धि तालिम पनि प्रदान गरिएको छ । माघ १६ गतेबाट सुरु भएको तालिम आज समापन भएको हो । वडावासीको स्वास्थ्य सेवामा समर्पित स्वयंसेवीकाहरुको स्वास्थ्य विमा गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिएका छन् ।

वडा कार्यालयको आर्थिक बर्ष २०७६/७७ को महिला लक्षित अन्र्तगत महिला स्वास्थ्य स्वंयसेवीका क्षमता विकास एवं विमा सहयोग कार्यक्रमको विनियोजन गरिएको १ लाख बजेटबाट उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

महिला स्वास्थ्य सेवीकालाई हथौसा स्वास्थ्य चौकी प्रमुख राजु सुनारीले क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए । सुनारीले परिवार नियोजन, सुरक्षित मातृत्व, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा लगायतका स्वास्थ्य सुचकको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सोमनाथ अर्यालले महिला, बालबालिकाहरुको लागि वडाले विभिन्न कार्यक्रम ल्याएको बताए । त्यस्तै वडाका स्वयंसेवीकाहरुको क्षमता अभिवृद्धि, पारिश्रमिक लगायतका बिषयलाई वडा प्राथमिकताका साथ लाग्ने बताए ।

वडाले गरेको कार्य प्रति खुसी ब्यक्त गर्दै महिला स्वयंसेवीकाहरुले वडालाई धन्यवाद व्यक्त गरेका थिए ।

महिला स्वयंसेवीका कमला चुंदालीको अध्यक्षता, वडाध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, वडा सदस्य वाजवुल नैन शाह, जगनारायण थारु, वडा सचिव राम प्रसाद सापकोटा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *