प्रधानाध्यापकको निधनको शोकमा भोलि बाणगंगाका सामुदायिक विद्यालय बन्द हुने

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, माघ २०
कपिलवस्तुको बाणगंगा नगरपालिकाका सबै सामुदायिक विद्यालय बुधवार (भोलि) बन्द हुने भएका छन् । वाल आधारभुत विद्यालय बाणगंगा १० भेलरैवा बनकट्टाका प्रधानाध्यापक केशवराज काफ्लेको निधनको शोकमा सबै सामुदायिक विद्यालय बन्द हुने भएका हुन् ।

काफ्लेको कोरोना संक्रमणका कारण ग्राण्डी अस्पतालमा निधन भएको छ । सो निधन प्रति शिक्षक महासंघ बाणगंगा नगर समितिले शोक सभा आयोजना गर्दै एक दिन सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीले स्वर्गिय काफ्लेको निधन प्रति हार्दिक समवेदना प्रकट गर्दै संगठनले एक होनहार शिक्षक गुमाएकोमा दुःख व्यक्त गरेका छन् ।


प्रकाशित : २०७७ माघ २०, मंगलवार १४:३०