विजयनगरको गुगौलिमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न

लुदअ कपिलवस्तु, माघ २०
कपिलवस्तु जिल्लाको पश्चिम भारत संग जोडिएको विजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा राष्ट्रिय जनमोर्चा को १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा गुगौंलीका अध्यक्ष प्रभु यादवको अध्यक्षता मा सम्पन्न भएको प्रशिक्षणमा राष्ट्रिय जनमोर्चा जिल्ला
कोष ाध्यक्ष चेत नारायण खनालले तत्कालीन केपी ओली सरकारको असंवैधानिक कदम र राष्ट्रिय जनमोर्चाको अभियान को बारेमा प्रकाश पारेका थिए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केर सिंह अदैले राष्ट्रियता, संघीयता र एमसीसीको बारेमा प्रशिक्षण दिएका थिए । राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल सुनारले गाउँ पालिका मा राष्ट्रिय जनमोर्चाका गतिविधिको बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चा विजयनगर वडा नं. ६ का अध्यक्ष पतेश्वरी यादव, वडा न ५ का वडा अध्यक्ष तथा तराई मधेश जनवादी मोर्चा विजयनगरका अध्यक्ष खदेरु पा. सी., राष्ट्रिय जनमोर्चा विजयनगरका सचिव गोविन्द परिवारको पनि उपस्थिति रहेको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *