
लुदअ कपिलवस्तु, माघ २३
कपिलवस्तुको बाणगंगा नगरपालिका २ गोबडिहवामा नेकपाको टोल कमिटीले पुर्णता पाएको छ । विहिबार एक कार्यक्रमका बीच नेत्रप्रसाद घिमिरेको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी विस्तार गरिएको हो । कार्यक्रलाई सम्बोधन गर्दै प्रदेश कमिटि सदस्य तथा जिल्ला कमिटि सदस्य टामर्जन रानाले अव हुने वैशाखको चुनावमा जित हासिल गर्ने उद्देश्यका साथ चुनावी प्रचारप्रसारमा सक्रियताका साथ होमिन सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले थप सशक्त भई अघि बढ्न आग्रह गरे ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर २ सहईन्चार्ज शान्ता पाण्डेले विस्तारित कमिटिले अव प्रभावकारी ढङगले अघि बढ्दै चुनावी माहोल बनाउने बताईन् ।
कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य पदमलाल अधिकारी, नेकपा नगरकमिटि सदस्य लक्ष्मण ज्ञवाली, भगवता अधिकरी, अनेरा स्ववियु केन्द्रिय कमिटि सदस्य तचथा नेकपा वडा कमिटि सदस्य उज्जवल अधिकारी, वडा कमिटि सदस्य हिम लाल घिमिरे, रामप्रसाद घिमिरे, लक्ष्मी अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
टोल कमिटिका सदस्य ज्ञानप्रसाद घिमिरेको स्वागत मन्तव्य तथा सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।

