बाणगंगा ११ मा सुरु भयो सुकुम्वासीको लगत संकलन कार्य

हरि आचार्य कपिलवस्तु, माघ २६
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं.११ मा सुकुमवासीको लगत संकलन सूरु गरिएको छ । बाणगंगा भड्डिहवा टोलबाट लगत संकलन कार्य सुरु गरिएको वडा ११ वडा कार्यालयले जनाएको छ । संघिय सरकारको निर्देशन अनुसार भुमि सम्बन्धी समस्या समाधान अयोगले भुमिहिन दलित र भुमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यबस्थित बसोवासीको व्यबस्थापन गर्ने प्रयोजनका लागि तथ्यांक संकलन गर्ने कार्य अन्तर्गत वडा नं. ११ मा घरघरमा पुगि लगत संकलन कार्य सुरु गरिएको वडाध्यक्ष सोम नाथ अर्यालले जानकारी दिए ।

वडाध्यक्ष अर्यालले सम्पूर्ण वडावासीलाई परिवारको सत्य तथ्य तथ्याङक वडा कार्यलयलाई उपलव्ध गराउन अध्यक्ष अर्यालले आग्रह गरेका छन् ।

वडाध्यक्ष सोमनाथ अर्यालको नेतृत्वमा वडा सदस्य वाजवुलनैन शाह, जगनारायण थारु, ईकमला केसी, सावित्रा विक, टोल विकास संस्थाका अध्यक्ष तुल्सी राम भट्राई, समामजसेवी डम्बर शर्मा लगायत अन्य सामाजिक व्यक्तिहरुको उपस्थितीमा लगत संकलन कार्यलाई तिब्र रुपमा अगाडि बढाईएको वडाकार्यालयले जनाएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *