उद्योग वाणिज्य संघको नव निर्वाचित समितिद्धारा पदभार तथा शपथ ग्रहण

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, माघ २९

कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्य समिति चयनका लागि गरिएको निर्वाचनबाट नव निर्वाचित समितिलाई पदभार तथा शपथ ग्रहण गराईएको छ । उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराईएको हो ।

विशेषतः निर्वाचन मण्डलले आयोजना गरेको उक्त कार्यक्रममा नवनिर्वाचित समितिलाई निर्वाचन प्रमुख अधिकृत रविराज आचार्यले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्दै डोलकराम घिमिरेको नेतृत्वमा रहेको नवनिर्वाचित समितिका पदाधिकारी तथा सम्पुर्ण सदस्यहरुले संस्थाको विधानमा टेकि यस क्षेत्रका व्यवसायीहरुको हक हित संरक्षणका लागि सदैव कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पदभार हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष उमानाथ पौडेलले आफ्नो कार्यकालमा भएका प्रगति विवरण तथा अनुभवहरु साटासाट गरेका थिए । उनले अबको बर्तमान कार्य समितिले यस क्षेत्रका व्यवसायीहरुलाई एकीकृत गर्न आवश्यक रहेको बताए । पौडेलले आफ्नो कार्यकालमा कोरोना महामारी, लकडाउन जस्ता कठिन परिस्थितीको सामना गरी व्यवसायीहरुको हक हितको पक्षमा रहेको बताउँदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरे ।

त्यस्तै बर्तमान समितिका अध्यक्ष डोलकराम घिमिरेले मतदान गरि आफ्नो नेतृत्वमा निर्वाचित सम्पुर्ण मतदाता, निर्वाचन मण्डल, निबर्तमा समिति सम्पुर्णलाई आभार प्रकट गरे । उनले पदभार ग्रहण गर्दै सदैव यस क्षेत्रका व्यवसायीहरुको हक हितमा कार्य गरी संस्थालाई अझ उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपािण अर्यालले उद्योग वाणिज्य संघ नगरपालिका संग कसिलो सम्बन्ध सफल भएको बताए । नगरपालिकाको मुख्य पाटो आर्थिक पक्ष मजबुत हुनका लागि उद्योग वाािज्य संघको महत्वपुर्ण रहेको बताए । उनले बजार अनुगमन, कोरोना महामारीमा सचेतना अभियान तथा लकडाउनको समयमा राहत वितरण जस्ता कार्यहरुमा सहकार्य गर्दै आएको स्मरण गर्दै नयाँ समितिलाई बधाई ज्ञापन गरे ।

 

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष यज्ञ प्रसाद भट्राई, पुर्व बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, निर्वाचन अधिकृत गुणानिधि भुसाल, वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, सल्लाहकार शक्ति सिं ठकुरी लगायतले मन्तब्य दिंदै निर्वाचि कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । प्रमुख निर्वाचन अधिकृत रविराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ माघ २९, बिहीबार १४:२९