
रिषव आचार्य कपिलवस्तु, माघ ३०
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसि भोली कपिलवस्तु आउनुहुने भएको छ । केसीले राजमो कपिलवस्तुले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा, भ्रष्टाचारको अन्त्य, संघियता खारेज, बिघठित संसद पुनः स्थापना लगाएतका मुल नाराका साथ कपिलवस्तुको गोरुसिंगेमा बृहत बिरोध सभाको आयोजना गरिएको राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष दधिराम आचार्यले जानकारी दिएका हुन् ।
कार्यक्रममा हजारौंको संख्यामा नेता कार्यकर्ता आम जनता जिल्ला को गोरुसिंगेमा उतार्ने तयारि रहेको छ । जिल्लाको बड्हारा चोक देखि बिरोध जुलस सुरु भई गोरु सिंगे चोकमा पुगि बिरोध सभामा परिणत हुने राष्ट्रिय जनमोर्चाका बिद्यार्थी नेता तथा अखिल छैठौंका लुम्बिनी प्रदेश सदस्य कपिलवस्तु जिल्ला अध्यक्ष रिषव आचार्यले जानकारी दिएका छन् ।
साथै राजमो कपिलवस्तुले आम न्याय प्रेमी जनसमुदायलाई उक्त कार्यक्रममा सहभागि भई कार्यक्रम सफल पारिदिनु हुन समेत अपिल गरेको छ।

