अखिल नेपाल महिला संघ बाणगंगा नगर समिती कपिलबस्तुको प्रथम बैठक सम्पन्न

पार्बती आचार्य कपिलबस्तु, फागुन ७
अखिल नेपाल महिला संघ बाणगंगा नगरसमिती कपिलबस्तुको प्रथम बैठक सम्पन्न भएको छ । बैठकको संबोधन गर्दै प्रमुख अतिथी नेकपाकी केन्द्रिय सदस्य तथा अनेम संघकी जिल्ला संयोजक शारदा शर्माले अहिले सम्म पार्टीको एजेण्डालाई संगसंगै बोकेर अगाडी बढी रहेको बताईन् । पार्टीलाई संकट परेको अवस्था भए पनि पार्टीलाई सहि ढंगले अगाडी बढाउन सबै आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्न आबश्यक भएको बताईन् ।

यसैगरी अतिथी पार्टी प्रदेश कमिटी तथा अनेम संघ जिल्ला ईन्चार्ज सुर्य कुमारी शाहीले हिंजोका दिनमा पार्टीलाई यस अवस्था सम्म पु¥याउन सबैको महत्वपुर्ण भूमिका रहेको बताईन् । देशमा सुख , शान्ति र संमृृढि होला भन्ने लागेको थियो । तर दुई तिहाईको सरकारले जनतालाई राहत दिने र गरिवी बाट मुक्त बनाउने , सबैलाई सम्मान हिसावले अवसरहरु प्रदान गर्न सकिन्छ भन्ने पार्टीको लक्ष्य भए पनि सो पुरा हुन नसकेको बताईन् ।

नेपाल कम्न्युष्ट पार्टी नेकपाले सुकुम्बासीहरुलाई यहि जेठ मसान्त भित्रमा हातहातमा लालपुर्जा पु¥याउने समेत प्रतिबद्धता गरेको छ । यस्तै बाणगंगा नगरकमिटीका सदस्यहरुलाई प्रमुख अतिथी नेकपाकी केन्द्रिय सदस्य तथा अनेम संघकी जिल्ला संयोजक शारदा शर्मा द्वारा सपथ ग्रहरण गराईएको थियो ।

बैठकमा पार्टी सचिवालय सदस्य तथा अनेम संघ प्रदेश कमिटी सदस्य चेतना अधिकारी , सचिवालय सदस्य तथा अनेम संघ प्रदेश कमिटी सदस्य शान्ता पाण्डे, पार्टी सचिवालय सदस्य तथा प्रेश संगठनका केन्द्रिय सदस्य पार्बती पाण्डे, अनेम संघकी जिल्ला कमिटी सदस्य रुपा पालुङ्खे मगर र संगठनका सदस्य रुपा गुरुङ्ख राई लगाएत नगरकमिटीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

उक्त बैठक नगरकमिटीका अध्यक्ष गंगा भट्टराईको अध्यक्षतामा संगठनका नगरकमिटी सदस्य कोपिला पोखरेलको स्वागत तथा संगठनका नगरकमिटी सचिव गिता भुषालको संचालनमा बैठक सम्पन्न भएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *