
कपिलवस्तु नगरपालिकामा आज भएको मोटरसाईकल परि एक युवकको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु नगरपालिका वडा न ८ दोहनी का अब्दुल शाह मुसलमान रहेका छन् ।
तौलिहवा भैरहवा सडक खण्ड स्थित कपिलवस्तु नगरपालिका वडा ८ दोहनी मौहनिहवा सडकमा मोटरसाइकल लु६५ प ५४९१ मोटरसाइकल दुर्घटनामा परि युवकको मुत्यु भएको कपिलवस्तु प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।
मोटरसाइकल तिब्र गतिको भएकोले पोललमा ठोकेर दुघर्टना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

