वडा नं. ११ मा वडा स्तरिय महिला लैगिंक हिंसा तथा बाल अधिकार समिती गठन

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ मा वडा स्तरिय महिला लैङ्खिक हिंसा तथा बाल अधिकार समिती गठन भएको छ । वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता तथा वडा सदस्य ईमकला केसीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा दलित महिला वडा सदस्य सावित्रा वि.क. रहने गरि उक्त समिति गठन गरिएको हो ।

समितिमा महिला सहकारी टोल विकास संस्था, महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्ने व्यक्ती, न्यायिक सहजकर्ता, वडा स्तरिय बाल क्लव तथा महिला स्वलम्ब समूहको सहभागितामा १३ सदस्यीय समिती गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सोही कार्यक्रमका प्रबन्धक प्रकाश घिमिरेले समितिले महिला हिंसा तथा बाल अधिकार हनन्लाई न्युनिकरण गर्ने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष सोमनाथ अर्यालले वडा भौतिक विकासले मात्र समृद्ध नहुने भन्दै सामाजिक रुपान्तरण, सामाजिक जागरण, लैङ्खिक हिंसा तथा बाल अधिकार आदिका क्षेत्रमा रुपान्तरण गरेर मात्र वडा समृद्ध भई सुखी नेपाली, समृद्ध नेपालको आकाँक्षा पुरा हुने दाबी गरे ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *