
पार्बती आचार्य, कपिलबस्तु
जिल्ला परियोजना सल्लाह समितीको बैठक कपिलबस्तुको तौलिहवामा एक कार्यक्रमको बिच सम्पन्न भएको छ । रिड नेपालले २ बर्ष सम्म शिक्षा सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जिल्लाका ५ वटा बिद्यालय मध्ये एक बिद्यालयलाई उत्कृष्ट बिद्यालयको रुपमा छनोट गरि सम्मान गरेको छ । यशोधरा गाउँपालिका वडा नं. ७ सोमडिह स्थित जगनाथ आधारभुत बिद्यालयलाई शिक्षा क्षेत्रमा राम्रो कार्य गरेको भन्दै रिड नेपाल परियोजनाले ल्यापटव र सम्मान पत्रले सम्मान गरेको हो ।
सो सबिद्यालयमा परियोजनाले १० दिने शिक्षा सम्बन्धि तालिम, कक्षा ब्यबस्थापन, ब्याग बितरण, बालिका सौचालय मर्मतमा सहयोग, शैक्षिक सामाग्रीहरु प्रदान, शिक्षक निर्देशिका पाठ्यक्रम र कोभिड १९ का कारण भएको लकडाउनमा बालबालिकाहरु शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्देश्यले ४५ वटा रेडियो उक्त बिद्यालयलाई उपलब्ध गराईएको थियो ।
रिड नेपालका डाईरेक्टर डिल्ली डोटेलले आगामी दिनमा सुझाव र सल्लाहका साथ कार्यक्रमलाई अगाडी बढाउने बताए । कार्यक्रम संचालन भएका बिद्यालयहरुले आफुले सिकेको सिप र ज्ञानलाई छिमेकी बिद्यालयहरुमा समेत सिकाई आदान प्रदान गर्न आग्रह गरे । बैठकमा रिड नेपालका शिक्षा संयोजक कपिल प्रसाद पुरीले परियोजना अन्तरर्गत भएका कार्य, गतिबिधि, उपलब्धिहरुका बारेमा र आगामी कार्ययोजनाका बिषयमा जानकारी गराएका थिए ।
जिल्ला समन्वय समितीका संयोजक नारायण प्रसाद खनालले यस संस्थाले २ बर्ष भित्र राम्रो प्रगती गरेको बताएका छन् । यस जिल्लामा सयौं संस्था उत्पादन भएता पनि २० वटा संस्थाले राम्रा कामहरु गर्दै आएको बताए । शिक्षालाई गुणस्तरीय शिक्षा बनाउन कसरी सकिन्छ भन्ने बिषयमा सबैको ध्यान जान जरुरी रहेको बताए ।
यस्तै जिल्ला समन्वय समितीका उप प्रमुख तारावती चौधरीले शैक्षिक क्षेत्रमा दलित समुदायका किशोरीहरुलाई मात्र केन्द्रित गरिएको छ । यो कार्यक्रम दलित समुदायका किशोरीहरुलाई मात्र जोड नदिई किशोरहरुलाई पनि समेट्न आग्रह गरिन् । यस्तै शिक्षा समन्वय ईकाई प्रमुख ठानेश्वर घिमिरेले कार्यक्रम संचालन भएका पाँच बिद्यालयमा परियोजनाको राम्रो प्रभाव रहेको बताउँदै आगामी दिनमा यस परियोजनाले निरन्तरता दिन सकोस भन्ने शुभकामना दिएका थिए ।
कपिलबस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवाली, जगनाथ आधारभुत बिद्यालयका प्रधानाध्यापक तिलकराम लोहार, जनता माबि बलुहवाका प्रधानाध्यापक राम नेवास चौहान, गैसस महासंघका जय प्रकाश पाण्डेय, संचारकर्मी खग प्रसाद चापागाई लगाएतले मन्तब्य सहित शुझाव दिएका थिए ।
ग्रिन तारा नेपाल , फेडो नेपाल र रिड नेपालको आयोजनामा जिल्ला समन्वय समितीका संयोजक नारायण प्रसाद खनालको अध्यक्षतामा , उप प्रमुख तारावती चौधरी , नगर शिक्षा प्रमुख , शिक्षा अधिकृत , प्रधानाध्यापक , कपिलबस्तु अस्पत्तालका डा. गणेश क्षेत्री , समन्वय समितीका नासु कमला पौडेल , परियोजनाका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको कार्यक्रममा क्रमठ बालिका परियोजनाका सामाजिक परिचालक शंकर नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

