कपिलवस्तुको जगदिशपुरमा होमस्टे ब्यबस्थापन सम्बन्धी ३ दिने तालिम सुरु

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, फागुन १४
कपिलवस्तुको जगदिशपुरमा होमस्टे ब्यबस्थापन तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा जगदिश्पुर जलाशय सामुदायिक थारु होमस्टेमा परिसरमा उक्त ३ दिने तालिम सुरु गरिएको हो । तालिममा कपिलवस्तु, रुपन्देही र नवलपरासीका होमस्टे व्यबस्थापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिममा तिलक ढकालको नेतृत्वमा ५ जना प्रशिक्षकले प्रशिक्षण दिने बताईएको छ ।

तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले प्रदेशको अबको विकासको आधार पर्यटन रहेको बताउदै पर्यटनको विकासमा प्रदेश सरकार लागिपरको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पन्थीले पर्यटन भित्र होमस्टे महत्वपुर्ण पक्ष रहेकाले यसलाई व्यवसायीक र उत्पादनशिल बनाई आर्थिक स्तर उकास्न आवश्यक रहेको बताए । उनले होमस्टेले विशेष गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई विशुद्ध प्राकृतिकपन वातावरणको सृजना गर्नुपर्नेमा जोड दिएका थिए । तालिमको सफलताको शुभकामना व्यक्त गर्दै पन्थीले सिकेका कुराहरुलाई व्यवहारिक रुपमा लागु गर्न आग्रह गरेका थिए ।

त्यस्तै मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमले प्रदेश सरकार सामान्य होमस्टे सञ्चालन गर्ने व्यवसायीको आर्थिक स्तर उकास्नका लागि लागि परेको बताए । उनले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाई देशको विकास गर्नुमा होमस्टेको ठुलो भुमिका रहने बताए ।

महाशाखा प्रमुख गौतमको अध्यक्षता, सांसद पन्थीको प्रमुख आतिथ्यता, पत्रकार महासंघ कपिलवस्तु शाखाका सचिव हरि अधिकारीको आतिथ्यता, मन्त्रालयका अधिकृत कृष्ण प्रसाद पौडेको स्वागत मन्तब्य तथा शाखा अधिकृत आलोक कुमार ओझाको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । तालिम १६ गते समापन हुनेछ ।


प्रकाशित : २०७७ फाल्गुन १४, शुक्रबार ०९:४७