नेकपा बाणगंगा २ गोबड्डिहवा टोल कमिटिको आयोजनामा शोक सभा सम्पन्न

हरि आचार्य कपिलवस्तु, फागुन १५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाणगंगा नगरपालिका वडा नं. २ गोबड्डिहवा टोल कमिटिको आयोजनामा शोक सभा सम्पन्न गरिएको छ । पार्टीका सक्रिय सदस्य स्वर्गीय पहल बहादुर कुवंरको असमाहिक निधनको स्मृतिमा शोक सभा गरिएको हो । उनको फागुन ७ गते ७९ बर्षको उमेरमा निधन भएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटि सदस्य पदमलाल अधिकारीले स्वर्गीय कुंवरको जिवनीको बारेमा स्मरण गर्दै चर्चा गरेका थिए ।

कार्यक्रममा शोक मन्तब्य राख्दै प्रमुख अतिथि प्रदेश कमिटि तथा जिल्ला कमिटि सदस्य टामर्जन रानाले स्वर्गीय कुंवर एक अनुशासित र पार्टीलाई मजबुत गराउने कार्यमा उल्लेखनीय भुमिका खेलेको बताए । उनले कुंवरको निधनले पार्टीले एक महान व्यक्ति गुमाएको भन्दै समवेदना प्रकट गरेका थिए ।

शोक सभामा ज्येष्ठ नागरिक मञ्चका सदस्य खेमराज मरासिनि, वडा नं. २ का वडा कमिटि अध्यक्ष नहकुल शाहि, वडा कमिटि सह ईन्चार्ज शान्ता पाण्डे, वडा सदस्य हिमलाल घिमिरे, जिल्ला कमिटि सदस्य पदमलाल अधिकारी, नगर कमिटि सदस्य भगवता अधिकारी, वडा कमिटि सदस्य तिलक पहराई, वडा कमिटि कमिटि सदस्यहरु राम प्रसाद घिमिरे, रोमाकान्त पौडेल लगातयले शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तीको कामना गरेका थिए ।

टोल कमिटिका अध्यक्ष नेत्र प्रसाद घिमिरेको अध्यक्षता तथा टोल कमिटि सचिव एवम् अनेरास्ववियू जिल्ला कमिटि सदस्य बिष्णु घिमिरेको सञ्चालनमा शोक सभा सम्पन्न भएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *