अखिल नेपाल महिला संघको वडा स्तरिय प्रथम बैठक सम्पन्न

[sharethis-inline-buttons]

पार्बती आचार्य, कपिलबस्तु

अखिल नेपाल महिला संघले बाणगंगा नगरपालिका वडा नं. ४ मा वडा स्तरिय प्रथम बैठक सम्पन्न गरेको छ । बैठकले लक्ष्मी गोदारको अध्यक्षतामा १९ सदस्य सहितको कमिटी गठन गरेको छ । बैठकलाई संबोधन गर्दै प्रमुख अतिथी नेकपाकी प्रदेश कमिटी सदस्य तथा अनेम संघ केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज सुर्य कुमारी शाहीले पार्टीको बर्तमान संगठनको समसामायीक अवस्थाका बारेमा जानकारी दिंदै महिलाहरु अधिकारको क्षेत्रमा एकजुट भएर अगाडी बढ्नु पर्ने आबश्यक भएको बताईन् ।

पार्टीलाई संकट परेको अवस्था भए पनि पार्टीलाई सहि ढंगले अगाडी बढाउन आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्न कमिटीका पदाधिकारीहरुलाई आग्रह गरिन् ।

यसैगरी अतिथी अनेमसंघको प्रदेश कमिटी सदस्य तथा अनेम संघकी नगर ईन्चार्ज चेतना अधिकारीले पार्टीलाई समस्या परेको बेला महिला अधिकारको क्षेत्रमा काम गर्ने यस संगठनले हातमाहात मिलाएर संगठनलाई बिस्तार गर्नुपर्ने बताउँदै बैठकको उद्देश्यमाथि प्रकाश पारेकी थिईन् ।

बैठकमा नगर संयोजक गंगा भट्टराई , संगठनका सचिवालय सदस्य सिता न्यौपाने , बिष्णु ढुंगाना , रुपादेवी राई , संगठनका सदस्य रुपा पालुङ्खे मगर लगाएत नगरकमिटीका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त बैठक अनेम संघ प्रदेश कमिटी सदस्य तथा संघकी नगर सह ईन्चार्ज शान्ता पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फाल्गुन १५, शनिबार १२:१२