
संगीता भुसाल,तौलिहवा ।
कपिलवस्तु आर्युर्वेदिक स्वास्थ्य केन्द्रमा निःशुल्क प्रयोगशाला तथा पञ्चकर्मी सेवा संचालनमा आएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले कपिलवस्तु जिल्लालाई बिशेष प्राथमिकतामा राखी पञ्चकर्म एवम् ल्याव सेवा संचालनमा ल्याइएको बताएका छन् ।
कपिलवस्तु नगरपालिका वार्ड नं ८ दोहनीमा १५ शैयाको आर्युर्वेदिक अस्पतालको भवन निर्माणको कार्य अगाडी बढेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी आर्युर्वेद चिकित्सक डा.पुष्पराज पौडेलले जानकारी गर दिएका छन् । हाल कपिलवस्तु स्वास्थ्य केन्द्रमा पदस्थापन भई आएका कार्यालय प्रमुख तथा पञ्चकर्मी बिशेषज्ञ डा. प्रवेश श्रीवास्तवले बिभिन्न बाथ रोग, नसा सम्बन्धि रोग , छाला सम्बन्धि रोग लगायत बिभिन्न जटिल रोगहरुका लागी पञ्चकर्मी सेवा उपयोगी भएको जानकारी गराएका छन् ।
गत महिना कपिलवस्तु जिल्ला आर्युवेद सेवा विस्तार कार्यक्रम अन्र्तगत कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालन भैसकेको र यशोधरा गाउँपालिकामा संचालन प्रकृयामा रहेको जानकारी कार्यालयका सुचना अधिकारी हरिलाल पाध्याले बताएका छन् । पञ्चकर्म एवम् ल्याव सेवा बिस्तार भए सँगै आर्युवेद सेवा लिन आउने बिरामीको संख्या बढेको छ ।