मणिग्राम
प्रकाश गौतम
सरस्वति टोल विकास संस्था तिलोत्तमा ५ मा आज सम्पन्न साधारण सभा तथा अधिवेशनले डिल्लिराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
टोलविकास संस्थाका अध्यक्ष रघुनाथ शर्मा ढकालको अध्यक्षता तथा वडाध्यक्ष चेतनारायण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा धर्मादेवी न्यौपाने ,सचिव चुरामणि पाण्डे, कोषाध्यक्ष गुरु भुसाल,सहसचिव लोकनाथ अर्याल र क्षेत्रगत रुपमा ८ सदस्य चयन गरेको हो ।
यसअघि सम्पन्न साधारण सभाले अध्यक्षद्वारा प्रस्तुत कार्य प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।