घरघरमा पुगि वडावासीका समस्या खोज्दै वडाध्यक्ष अर्याल, के भन्छन् वडावासी ?

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, फागुन १८

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ को आयोजना र हर्ट विट एफ.एम. ९१.३ मेगाहर्जको समन्वयमा वडावासीसंग जनप्रतिनिधी कार्यक्रम सुरु गरिएको छ । सुशासन र जवाफदेहीता, वडा कार्यालयको प्रतिवद्धता भन्ने मुल नाराका साथ वडा कार्यालयले प्रवाह गरेका सेवा सुविधा प्रति वडावासीको प्रतिक्रिया तथा गुनासा समेट्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

वडा कार्यालयले सम्पादन गरेका सेवा सुविधा प्रति वडावासीको प्रतिक्रिया तथा वडाका गतिविधिको बारेमा सुशुचित गराउने तर्फ केन्द्रित कार्यक्रम वडाका टोलटोलमा पुगि वडावासीका गुनासो, जिज्ञासाको वडा समितिसंग जवाफ मागि एक निष्कर्षमा पुग्ने गरि कार्यक्रम सञ्चालन गरिएको छ ।

वडा कार्यालय मार्फत भैरहेका गतिविधी तथा कार्यक्रमहरुका विषयमा जानकारी दिनु कार्यालय र जनप्रतिनिधिको दायित्व पनि हो । सोहि कारण निर्वाचनका बेला जनतालाई देखाएका सपना जनप्रतिनिधिले कति पुरा गरे ? साच्चिकै वडा कार्यालयले प्रदान गरेका सेवा सुविधा र विकास निर्माणका कार्यप्रति वडावासीको प्रतिक्रिया तथा गुनासा के छन् ? आगामि दिनमा संमृद्ध वडा निर्माणका लागि वडा कार्यालयले के कस्ता कार्य गर्न आवश्यक छ ? वडाका समग्र सम्पुर्ण गतिविधिको जानकारी गराई वडावासीलाई सुशुचित गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले बताएका छन् ।

आज भड्डिहवा टोल विकास संस्थाबाट सुरु गरिएको कार्यक्रम भड्सडवा र वनकटवा गरि ३ वटा टोल विकास संस्थामा सम्पन्न गरिएको छ भने वडाका सबै १६ वटै टोल विकास संस्थामा गई कार्यक्रम गरिने छ ।

कार्यक्रममा जवाफदेही निकायको रुपमा वडाध्यक्ष सोमनाथ अर्याल, वडा सदस्य ईमकला केसी, जगनारायण थारु, वाजबुललैन शाह, साबित्रा विक रहेका थिए भने टोलवासीले जिज्ञासा, समस्या तथा गुनासाहरु राखेका थिए ।

विभिन्न जिज्ञासाको जवाफ दिंदै वडाध्यक्ष अर्यालले स्थानीय तहको निर्वाचन भएको ३ बर्ष भन्दा बढि हुंदा निर्वाचनका बेला गरेका प्रतिवद्धताहरु विस्तारै पुरा गर्दै गएको बताए । वडाध्यक्ष अर्यालले वडा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसास्कृतिक युक्त भएकाले समावेशी रुपमा बजेट विनियोजन गरि विकासको गतिलाई अगाडि बढाईरहेको बताए । उनले विशुद्ध वडावासीको सेवाका लागि निर्वाचित भएको हुनाले सेवा सुविधमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भौतिक विकास निर्माणले वडा संमृद्ध नहुने भन्दै अब वडालाई सामाजिक रुपान्तरण तर्फ अगाडि बढाई लैगिंक हिंसा, छुवाछुत, कुरिती, वाल विवाह, बहुविवाह मुक्त बनाउनका लागि सबै वडावासीको साथ र सहयोगको आवश्यक रहेको बताए ।

वडाध्यक्ष अर्यालको अध्यक्षता, राजनितिक दल, सहकारी संस्था, विद्यालय, सुरक्षाकर्मीका प्रतिनिधीहरुको उपस्थिती रहेको कार्यक्रममा वडा सदस्य ईमकला केसीको स्वागत मन्तब्य तथा हर्ट विट एफ.एमका सहायक स्टेशन म्यानेजर हरि आचार्यको सञ्चालन रहेको थियो ।

 


प्रकाशित : २०७७ फाल्गुन १८, मंगलवार १३:५६