Latest Posts

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

Latest Posts

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन १ बितेको २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएको यो संख्यासगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको […]

Arv

l

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नागरिकको समान पहुंच हुनुपर्नेमा जोड

लुदअ कपिलवस्तु, फागुन १९

वाणगंगा नगरपालिकामा शिक्षा, स्वास्थ्य, आवास लगाएत आधारभूत आवश्यकतालाई ब्यविस्थत पार्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अझैपनि यहाका नागरिकहरुको शिक्षा, स्वास्थ्यमा पहुच नपुगेको भन्दै यस तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् । अनौपचारिक सेवा केन्द्र ईन्सेकले आयोजना गरेको स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य र आवासको अधिकार विषयक सार्वजनिक सुनुवाइमा बोल्दै सहभागीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा वाणगंगा नगरपालिकाका विभिन्न शाखा प्रमुखले नगरपालिकाले शिक्षा, स्वास्थ्य र आवास लगाएतमा गरेका कार्यक्रम र त्यसको प्रभावकारीता बारे जानकारी गराउनुभएको थियो । भने सहभागीले संचालित कार्यक्रम अन्तरगत विभिन्न सवाल राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी दिना सुबेदी कमालले शिक्षा, स्वास्थ बारे विभिन्न सवाल राख्नुभएको थियो । उहाले शिक्षा जस्तो पवित्र क्षेत्रमा पनि राजनीति गर्ने गरिएको भन्दै यस तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो । विद्यालय बालमैत्री बनाउनुका साथै कक्षा १ देखी १० सम्म निशुल्क खाजाको ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । वाणगंगा नगरपालिकाले स्वास्थ्य सम्बन्धी फरक नीति लिदै सबै नागरिकको स्वास्थ्यमा समान पहुचमा जोड दिन आग्रह गर्नुभयो । यसका साथै स्वास्थ्य चौकीमा पनि पर्याप्त औषधीको ब्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यस्तै अन्य सहभागी टोपकला, विसी, नेपाल मौरी पालन संघ केन्द्रीय अध्यक्ष अर्जुन क्षेत्री लगाएतले बोल्दै छाडा पशुपन्छीको ब्यवस्थापन गर्नुपर्ने, तरकारी जन्य वस्तुमा बढी रहेको विषदीको प्रयोग रोक्न तर्फ नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

सार्वजनिक सुनुवाइमा नगरपालिकामा संचालित विभिन्न मेडिकल बाट प्रदान हुने सेवा, खाद्यबस्तुको मिसावट बारे सरोकारवालाले अनुगमन गर्नुपर्नेमा जोड दिइएको थियो । यसका साथै नगरपालिका भित्र शिक्षा, स्वास्थ्य लगाएतका देखिएका विभिन्न समस्याहरु सहभागीले सम्बन्धीत किाय समक्ष राखेका थिए । भने ति समस्याको सरोकारवालाले सम्बोधन गर्नुभएको थियो । सार्वजनिक सुनुवाइमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, कृषिशाखा प्रमुख लेस बहादुर केसी, नगरपालिका उपसचिव बाबुराम भट्राई, पशु विकास प्रमुख राजकुमार तिवारीले आआफ्नो शाखाले गरेका कामहरु बारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले सहभागीले राखेका विभिन्न समस्याहरुलाई सम्बोधन गर्न तर्फ पहलकदम चाल्ने बताउनुभयो । नगरपालिकाको विकास प्रति चासो र रुची राख्ने सबैलाई धन्यवाद दिनुभयो । यस्तै उपमेयर चक्र अर्यालले नगरपालिकाको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको भन्दै सहभागीको गुनासो सकेसम्म छिटो सम्बोधन गर्दै नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन आफुहरु केन्दीत हुने बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधी, इन्सेक प्रतिनिधी, शैक्षिक ब्यक्तित्व, नागरिक अगुवा, पत्रकार, विद्यार्थी लगाएतको सहधागीता थियो । कार्यक्रम ईन्दसेकलुम्बिनी प्रदेश संयोजक सरस्वती मल्लको स्वागत मन्त्ब्य, मानव अधिकार समुह वाणगंगा नगर अध्यक्ष इन्दीरा भट्राइको अध्यक्षा र इन्सेक प्रतिनिधी नन्दराम पौडेलको संचालनमा सम्पन्न भएको हो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *