लुदअ कपिलवस्तु, फागुन १९
मेगा बैंक लिमिटेड जितपुर शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ११ निवासी सुरेश तेलीको सवारी दुर्घटनामा ज्यान गएपछि उहाँकी श्रीमती मिनका तेलीलाई रकम हस्तान्तरण गरिएको हो । मृतक तेलीको मेगा बैंकमा कर्मचारी बचत खाता रहेको थियो । सोही अनुरुप उहाँकी श्रीमतीलाई रु.७ लाखको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
एक कार्यक्रमका बीच बैकका शाखा प्रमुख सरोज भण्डारी, अपरेसन ईन्चार्ज शारदा मरासीनीे, कर्जा अधिकृत सुर्य प्रसाद पाण्डे लगायत बैंकका कर्मचारीले चेक हस्तान्तरण गरेका हुन् । बैंकमा कर्मचारी बचत खाता संचालन गरेका खातावालाको केही दुर्घटनामा मृत्यु भएको खण्डमा मेगा बैंकले मृत्यु दाबी रकम हस्तान्तरण गर्दै आएको छ ।
कार्यक्रममा जितपुर शाखा प्रमुख सरोज भण्डारीले कर्मचारी खाताको प्रक्रियाको बारेमा स्पष्ट पार्दै मानिसको मृत्यु भए पनि परिवारलाई सो रकमले टेवा पु¥याउने बताए । उनले बचत गर्ने बानीको बिकास गर्नुपर्नेमा जोड दिएका थिए । चेक ग्रहण गर्दै तेलीकी श्रीमतीले बैंकलाई धन्यवाद व्यक्त गरेकी छन् ।