मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुकले मिति २०७७ फागुन १७ गते शुन्य भेदभाव दिवसको अवसर पारेर ४ नं.जितपुरमा प्लेकार्ड सहित ध्यानाकर्षण कार्यक्रम सम्पन्न गरेको छ । समाजमा कुनै पनि प्रकारका विभेद नहुन भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरीएको कार्यक्रममा सहभागीले बताए ।
मानवअधिकार तथा शान्ति समाजका सभापती गोविन्द पोख्रेलको अध्यक्षता तथा मानवअधिकार तथा शान्ति समाजका सचिव माधव घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै सभापती पोख्रेलले अहिलेको २१ औ. सताब्दिमा विभेद शुन्य हुनुपर्नेमा जोड दिनुभयो । साथै समाजमा हुने कुनैपनी विकृतीका विपक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव घिमिरेले सुरुमै कार्यक्रमको उद्देश्य बारे जानकारी गराउदै अझै पनी कुनै न कुनै रुपमा विभेद विद्यमान रहेकाले शान्ति समाजले निरन्तर खबरदारी गर्ने बताउनुभयो ।
यस कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुका कार्यसमितिका अलवा आजिवन सदस्य, साधारण सदस्य तथा अन्य सर्वसाधारण गरी करिब ३५ जना ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सदस्यहरुले भेदभाव अन्त्य गरौं लगायतका प्लेकार्ड प्रदर्शन गरी ध्यानाकर्षण गरेका थिए ।

