सिद्धार्थ राजमार्ग बुटवल–पाल्पाको बाटो विस्तार , पाल्पाका ७ सय बढी घर भत्किने

ByLumbini Darpan Online

२० फाल्गुन २०७७, बिहीबार १४:०५ २० फाल्गुन २०७७, बिहीबार १४:०५ २० फाल्गुन २०७७, बिहीबार १४:०५

फागुन २०, पाल्पा
सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् । सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भइ बनेका घरटहरा भत्किने भएका हुन् । राजमार्गको दायाँबायाँ २५ मिटरभित्र बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किँदा ४ सय बढी पक्की घर पनि पर्ने छन् ।

पाल्पाको विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो बनाउनुको साटो जनतालाई उठिबास लगाउन थालेको भन्दै स्थानीयले विरोध गरेका छन् । घर भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो बनाउनुपर्नेमा जोड दिएका छन् । पहिले सिद्धबाबा, दोभान क्षेत्रको बाटो निर्माण गर्ने र आवश्यक क्षतिपूर्ति पछि मात्रै बाटो विस्तार गर्नुपर्नेमा स्थानीयको माग छ । डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशन गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका भौतिक संरचना तत्काल आफैं हटाउन निर्देशन गरिसकेको छ । बुटवलको चिडियाखोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँबायाँ २५ मिटरभित्र पर्ने घरको तथ्यांक संकलन गरी हटाउने घरमा रातो पोतिसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माइकिङ गरिएको डिभिजन प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो ।

ढिलोमा चैतदेखि सडक सीमाभित्रका संरचना हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो । जनताको लिखित माग आएपछि बगनाँसकाली गाउँपालिकाले सडक विभागलाई पत्र लेखेको छ । बाटो विस्तार हुने जग्गामा अग्रिम चिन्ह लगाउनुपर्ने, केन्द्र , प्रदेश र स्थानीय सरकारसँग छलफल गर्नुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने तथा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने गाउँपालिकाको माग छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *