
लुदस
मानव अधिकार तथा शान्ति समाजको २३ औ राष्ट्रिय परिषद पोखरामा सम्पन्न भएको छ ।
सनिवार पोखरामा सम्पन्न अधिवेशनमा कपिलवस्तुका दिल बहादुर कार्कि केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
अधिवेशनमा ४१ सदस्य कार्यसमिति गठन भएको छ । जसको केन्द्रिय सभापतीमा गोविन्द खनाल उप सभापतीमा शुशिल बस्नेत , महासचिवमा राम कृष्ण बराल, लगाएत रहेको कपिलवस्तु शाखा सभापती गोविन्द पोख्रेलले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा संम्पन्न अधिवेसनमा कपिलवस्तु शाखा सभापती पोख्रेल सहितका जम्बो टिमको सहभागिता रहेको थियो । कार्किको विजयी संगै अव कपिलवस्तुमा मानव अधिकारको अभियान अझ उचाईमा पुग्ने शाखा सचिव माधव घिमिरेले बताए ।

