
हरि आचार्य कपिलवस्तु, फागुन २२
गजेहडा स्वास्थ्य चौकी बाणगंगा ४ कपिलवस्तुको आयोजनामा ६५ बर्ष उमेर पुरा भएका नागरिकलाई फागुन २३ देखि २५ गते सम्म लगाईने कोभिड विरुद्धको खोप अभियान सम्बन्धी वडा नं. ३ र ४ को वडा खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष सन्तराम रौतार र गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न संयुक्त बैठक खोप फोकल प्रसन कृष्ण बस्नेतको सञ्चालन तथा गजेहडा स्वास्थ्य चौकीका प्रमुख दोर्ण प्रसार बेल्बासेको सहजिकरण रहेको थियो ।
बैठकमा आधारभुत स्वास्थ्य केन्द्रका सिउटी, गजेहडा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका पदाधिकारीहरु, दुवै वडाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ ।
बैठकले फागुन २३ गते वडा नं. ३ को सिउटी आधारभुत स्वास्थ्य केन्द्रमा ठांटी, चम्कीपुर, कर्महना, तिल्कना, वभनी, मुर्गिया टोल र सिउटीका ज्येष्ठ नागरिकलाई खोप लगाउने, त्यस्तै २३ गते नै दर्खास्त, सिद्धिपुर, डुंगहवा र हरिहरपुरका नागरिकलाई गजेहडा स्वास्थ्य चौकीमा खोप लगाउने निर्णय गरेको छ ।
त्यस्तै फागुन २४ गते भक्तौली, धनकौली, राजापानी, झुंगा, ठाकुरापुर, गजेहडा र गंगौलियाका नागरिकलाई त्यस्तै फागुन २५ गते २३ र २४ गते छुटेका नागरिकहरुलाई खोप लगाउने निर्णय गरिएको छ।
खोप लगाउन आउदा जन्म मिति खुलेको प्रमाण अनिवार्य रुपमा आवश्यक पर्ने गजेहडा स्वास्थ्य चौकीका प्रमुख दोर्ण प्रसाद बेल्बासेले जानकारी दिएका छन् ।