
लुदस,तौलिहवा । नेपाल बाल संगठन कपिलवस्तुको सभापतीमा गोपालमणी ज्ञवाली सर्बसहमत निर्वाचित भएका छन् । आज बाल मन्दिर तौलिहवामा भएको अधिवेशनबाट ज्ञवाली आगामी चार बर्षका लागी सभापतीमा निर्वाचित भएका हुन् । समितिको सदस्यमा क्रमशः श्याम प्रसाद सुबेदी, सन्तोष कुमार श्रीवास्तव, कृष्ण सापकोटा, प्रेम कला थापा (रेणु), श्याम प्रकाश प्रजापति, निर्मला न्यौपाने र सन्दिप प्रताप प्रताप मौर्य निर्वाचित भएका छन् ।
सम्पुर्ण नव निर्वाचित पदाधिकारीहरूलाई नेपाल बाल संगठन का केन्द्रीय अध्यक्ष श्री बिद्या न्यौपाने ले सपथ खुवाएकी थिइन् । कार्यक्रम नेपाल बाल संगठन कपिलवस्तुका सभापती गोपालमणि ज्ञवालीको सभापतित्व र नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष बिद्या उपाध्याय न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी , सशस्त्र प्रहरी नायव उपरिक्षक गोपाल बहादुर श्रेष्ठ , नेपाल बाल संगठन केन्द्रीय कार्यालयका नि.निर्देशक प्रियंका शर्माको आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल बाल संगठन कपिलवस्तुका साधारण सदस्य लगायत सर्व साधारण समेतको उपस्थिति रहेको थियो ।

