कृषि ज्ञान केन्द्र कपिलवस्तु र संचारकर्मीहरु बीच अन्तरक्रिया गोष्ठि

ByLumbini Darpan Online

२४ फाल्गुन २०७७, सोमबार ०२:२८ २४ फाल्गुन २०७७, सोमबार ०२:२८ २४ फाल्गुन २०७७, सोमबार ०२:२८

लुदअ कपिलवस्तु, फागुन २३
कृषि ज्ञान केन्द्र कपिलवस्तुले संचारकर्मीहरु बिच अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ । कार्यालयको सभा हलमा सम्पन्न गोष्ठीमा चालु आर्थिक वर्षमा विनियोजित कार्यक्रमहरुको बारेमा जानकारी गराईएको थियो । यस्तै कार्यालयबाट अहिले सम्म सम्पन्न गरेका तथा प्रकृयामा रहेका कार्यक्रमको बारेमा कार्यालय प्रमुख भिमनाथ शर्मा तथा बाली संरक्षण अधिकृत सत्यराम हरिजनले जानकारी दिएका थिए ।

कार्यक्रममा स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, अभियानमुखी कृषि तथा पशुपालन बिकास कार्यक्रम, भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विषय अध्ययन गरेका युवाहरुका लागि उद्यमशिलता विकास कार्यक्रमबारे जानकारी गराईको थियो । व्यवसायिक कृषि उत्पादन केन्द्र, ब्लक विकास कार्यक्रम, स्थानीयतह र सहकारीको सहकार्यमा चक्लाबन्दी सहितको नमुना फार्म स्थापना, अभियानमुखि प्याज तथा लसुन उत्पादन लगाएत कार्यक्रमका लागि बिनियोजित बजेट तथा प्रकाशित गरिएको सुचनाको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रम कार्यालय प्रमुख भिमनाथ शर्माको अध्यक्षतामा नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारीको आतिथ्यता रहेको अन्तरक्रिया कार्यक्रम शिवपुजन गुप्ताको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *