पार्टी फुकुवा भएपछि गृह जिल्ला कपिलवस्तुमा विप्लव

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, फागुन २४
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले न्यायको पक्षमा लड्ने मान्छे कहिल्यै नमर्ने बताएका छन् । कपिलवस्तुको शिवगढी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्काको दास बनेर अन्याय अत्याचारले मर्नुभन्दा लडेर मर्नु धेरै ठूलो कुरा भएको बताएका हुन् । न्यायको लागि संघर्ष गर्न डराउन नहुने उनले तर्क गरे ।

जनयुद्धमा अत्याचारमा परेका व्यक्तिहरुको विरुद्ध सरकार लागेको उनले दाबी गरे । सत्यको विरुद्ध बोल्दा सरकारले प्रतिबन्ध गरेर आफ्ना मान्छेलाई गोली हानी मारेको उनले बताए । उनले आफूहरुलाई प्रतिबन्ध गरेर सरकारले अन्याय गरेका बताए । प्रचण्ड र बाबुरामले गलत बाटो चालेको उनले आरोप लगाए । सहिद र बेपत्ता परिवारको अझै न्याय नपाएको उनको भनाई छ ।

प्रचण्डले माधव नेपाल नभएको भए आफू सकिसक्ने तर्क गरेको समेत बताए। प्रचण्ड हिँडेको बाटो ठिक नभएको उनको भनाई थियो । आफ्नो स्वार्थमा कुरा नमिलेपछि जनताको विश्वास भत्काएर एक–अर्काविरुद्ध खनिएको उनले बताए । एनसेलले ठुलो मात्रामा राजस्व नतिर्दा सरकारले जोगाएको उनको भनाई छ । उनले गोली देखाएर जनताको कुरा बोल्न बाट रोक्न खोजेको दाबी गरे ।


प्रकाशित : २०७७ फाल्गुन २४, सोमबार १३:४८