बाँकेको बघौडामा आगलागी हुँदा २५ घर जले

फाल्गुन २४, नेपालगन्ज

बाँकेको नरैनापुर गाउँपालिका–१ सुईया बघौडामा सोमबार आगलागी हुँदा २५ घर जलेका छन् । सोमबार बिहान साढे ११ बजे आगलागी हुँदा लाखौं बराबरको क्षति भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साहले जलेका घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *