नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ इकाई कार्यसमिति फर्साटिकरको १२ औं साधारण सभा तथा चौथो अधिवेशन

तुलसी राम पौडेल ,
फर्साटिकर, फाल्गुन २४
रुपन्देहीको शुद्दोधन गाउपालिका –४ सौ फर्साटिकर स्थित नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ इकाई कार्यसमितिको १२ औ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ केन्द्रिय कार्यसमितिका अध्यक्ष जेबि गुरुङले साधारण सभा तथा अधिवेशनको उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाले मजदुरको हक हित एव अधिकारको लागि सचेत भएर अगाडि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो । सम्पन्न चौथो अधिवेशनले आगामी चार वर्षको लागि सर्वसम्मत रूपमा पुन रमेश चन्द्र मुराउको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रामप्रसाद अर्याल, महिला उपाध्यक्षमा सबिता थारू, सचिव यज्ञराज पाण्डे ,कोषाध्यक्ष दयाराम थारू, महिला सदस्य बिचनी थारू, सदस्यहरु ज्ञान बहादुर छन्त्याल, शेर बहादुर थापा, कुलानन्द थारु, राजेन्द्र विक, फुलचन्द्र गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् । कार्यक्रममा काउनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओम प्रकाश चौधरी, जिल्ला अध्यक्ष वीर बहादुर लामा, शुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेल, सैनामैना नगरसमितिका अध्यक्ष पिताम्बर न्यौपाने लगायतले श्रमिक मजदुरको जीवन विमा एवं सामाजिक सुरक्षा कोषमा दर्ता हुनुपर्नेमा विशेष जोड दिएका थिए । सस्थाका अध्यक्ष रमेशचन्द मुराउको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा , अध्यक्ष, सचीवको प्रतिवेदन तथा लेखा प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *