
लुदअ कपिलवस्तु, फागुन २४
नेपाल राष्ट्रिय शिक्षक संघ बाणगंगा नगर कार्यसमितिको तेस्रो प्रतिनिधि सभा सभा सम्पन्न भएको छ । प्रतिनिधि सभामा समितिका अध्यक्ष कुलराज पौडेलले प्रस्तुत गरेको समितिको निति, कार्यक्रम, आगामि कार्ययोजना तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष अर्जुन योगीले शिक्षकहरुका वर्तमान समस्या तथा समाधानका उपायहरुको बारेमा स्पष्ट पारेका थिए ।
समितिका अध्यक्ष कुलराज पौडेलको अध्यक्षता, वडा नं. ४ का गणेश बहादुर क्षेत्री, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि टेक बहादुर शाही, शिक्षक संघ प्रदेश उप महासचिव सृजना पण्डित, नेपाली कांग्रेस बाणगंगा नगर कार्यवाहक सभापति बिष्णु थापाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम सचिव राम प्रसादको सञ्चालनमा सम्पन्न भएको थियो ।

