अनेम संघ कपिलवस्तुले यसरी मनायो १ सय ११ औँ नारी दिवस

रिसव आचार्य कपिलवस्तु, फागुन २४
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ कपिलवस्तु ले विभिन्न कार्यक्रम गरि १११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाएको छ। कार्यक्रम अनेम संघ जिल्ला अध्यक्ष कमला पौडेलको अध्यक्षता,जिल्ला सचिव लक्ष्मि खनाल को सन्चालन,जिल्ला सदस्य रिता पाण्डे को स्वागत मन्तव्य बाट अघि बढेको कार्यक्रमको प्रमुख अतिथि अनेम संघ केन्द्रीय सल्लाहकार चन्द्र वदन श्रेष्ठ रहेका थिए ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले २१ औँ शताब्दिमा आईपुग्दा पनि महिलाहरु हिन्सात्मक घटना बाट पिडित रहेको बताउनु भएको थियो । श्रेष्ठले अब यस्ता घटना बाट माथि उठ्न महिला दिदी बहिनी हरु एक ढिक्का भएर लाग्नु पर्नेमा वहाँ ले जोड दिनु भएको थियो ।

कार्यक्रम लाई रा ज मो केन्द्रीय सदस्य मिना पोखरेल,जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे, नेकपा (मसाल) जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष मुक्तिराम न्यौपाने लगायतले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्ने वक्ता हरुले महिला पुरुष बराबर अधिकार भन्ने कुरा कागजमा मात्र सिमित रहेको बताएका छन्।महिला हिंसा ,बलात्कार जस्ता घटना न्युनिकरण लगि नेपाल सरकार को ध्यान नगएको प्रती घोर आपत्ति समेत जनाएका थिए।
कार्यक्रम मा अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष शिव पौडेलको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रम कपिलवस्तु को बाण्गंगा नगरपालिका ७ बनगाई खारखानि मा सम्पन्न भएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *