लुदअ कपिलवस्तु
कपिलवस्तु जिल्लामा भर्खर आउनु भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे लाई चेम्बर अफ कमर्स कपिलवस्तुले स्वागत तथा सम्मान गरेको छ । संघको कार्यालय चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी पाण्डेलाई पाण्डेलाई खादा र मायाको चिनोले सम्मान गरिएको हो । कार्यक्रकममा मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका संयोजक विष्नु प्रसाद खतिवडाले कपिलवस्तु जिल्ला खुल्ला सिमाना भएको हुदा मानव बेचविखनका घटना बढि हुने हुदा यसको न्युनिकरणमा लागि पर्न आग्रह गर्नुभयो । व्यापर सघं कपिलवस्तुका वरीष्ट उपाध्यक्ष जगत पौडेलले यहाँको शान्ति सुरक्षा र व्यापारीहरुको हक हितलाई मनन गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो । साथै उपाध्यक्ष पौडेलले स्वागत सहित सफल कार्यकालको सुभकामना दिनुभएको थियो ।
कर्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले यहाँको शान्ति सुरक्षाको निम्ति आफु लागी पर्ने र समस्या समाधानमा खट्ने बताउनु भयो । अधिकारी पाण्डेले सबैको सल्लाह सुझाबलाई मनन गर्दै अगाडि बढ्ने र कपिलवस्तु खुल्ला सिमाना भएको जिल्ला भएको हुदा त्यता तिर पनि ध्यान केन्द्रित गदै सबैको साथ सहयोगको अपेक्षा गरेको पनि बताउनु भयो । प्रसानले मात्र नभई स्थानिय सरकार, जनप्रतिनिध सरमारी निकार्य, गैर सरकारी निकाय लगायत निजि क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको बताउनु भयो । तथ्य विष्लेशण गर्दै एकिहृत रणनिति बनाएर सुरक्षा निकाय परिचालित गर्ने बताउनु भयो । कार्यक्रममा व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले तस्करहरुको विगविगी अन्त्य गरी ब्यापारी व्यवसायीलाई सहज वातावरण प्रदान गर्नको लागि पाण्डेलाई आग्रह गर्नु भयो । उहाले शान्ति सुरुक्षा भएन भने व्यापार व्यवसाय फस्टाउन गाह्रो हुने हुदा शान्ति सुरक्षा आवश्यक रहेको बताउनु भयो ।