
रुपन्देहीको तिलोत्तमामा १ ड्राइभरटोल जनसेवा क्लब अगाडि आज भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । लु २ च ८४७२ नम्बरको पिक अप गाडीले लु १ च ११३ नम्बरको छोटा हात्तीलाई ठक्कर दिँदा गाडी पल्टिएर गाडीका चालक घाइते भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनबाट जोगिन बुटवलबाट भैरहवातर्फ जाँदै गरेको ग १ ख ५८५८ नम्बरको मिनि ट्रकले ब्रेक लगाउँदा सोही दिशाबाट आउँदै गरेकोे लु १ च ५८४० नम्बरकोे पिकअप गाडीले ठक्कर दिएको र लु १ ब २५५६ नम्बरको सरकारी स्कूटी पनि ठोक्किएको थियो । पिकअप र स्कूटीमा भने सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका चालकलाई उद्धार गरी उपचारका लागि क्रिमसन अस्पताल पुर्याइएको प्रहरी जानकारी गराएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।