
लुदअ कपिलवस्तु, फागुन २५
शिवरात्रीको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ का रहेको शिवगढी मन्दिरको प्रवेशद्धारमा मेला लाग्ने भएको छ । मन्दिरको प्रवेशद्धार रहेको धानखोला र रमुवादहमा मेलाको तयारी गरिएको छ । शिवगढी मन्दिरको प्रचार प्रसारमा टेवा पुराउने उद्देश्यले मेला आयोजना गरिएको शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनले बताउनुभयो । विगतका वर्षहरुमा जस्तै विभिन्न क्लव स्तरीय प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । भक्तजनहरुलाई मध्यनजर गरी रुद्री, हवन,प्रसाद ग्रहग र भण्डारको समते व्यवस्था गरिएको पुनले बताउनुभयो । मेलामा राष्ट्रिय तथा स्थायिन कलाकारहरु समेत प्रस्तुती रहने भएकोले सहभागी मनोरन्जन लिन आग्रह गर्नुभयो ।

