तिलोत्तमामा थारु सँस्कृति सहितको रिसोर्ट

ByLumbini Darpan Online

२६ फाल्गुन २०७७, बुधबार १३:३९ २६ फाल्गुन २०७७, बुधबार १३:३९ २६ फाल्गुन २०७७, बुधबार १३:३९

फाल्गुन २६, तिलोत्तमा ।
रुपन्देहीमा अत्याधुनिक तथा सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरु खुल्ने क्रम बढेको छ । यसै बीच तिलोत्तमाको बोहियामा थारु सँस्कृति, परम्परा तथा परिकारहरुको स्वाद लिन पाउने गरी अपन रिसोर्ट सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल मूख्य सडक खण्डबाट ८ सय मिटर पूर्व तिलोत्तमा–१६ बोहियामा थारु युवाहरुको लगानीमा रिसोर्ट सञ्चालन आएको हो । होटल सञ्चालनसँगै थारु परम्परका सम्पूर्ण परिकारहरु पाइने भएको छ भने थारु सँस्कृतिका विभिन्न नाचगानहरु समेत हेर्न पाइने भएको छ । यसैगरी थारु सँस्कृतिका बारेमा बुझ्नका लागि सौराहामा मिल्ने सबै सुविधा अपन रिसोर्टमा मिल्ने निर्देशक मनिस चौधरीले बताए । कोरोना महामारीपछि जनजीवन सामान्यतर्फ उन्मुख भइरहेका बेला भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमान स्थलहुँदै भित्रिने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई लक्षीत गरी करिब ३ करोडको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । रिसोर्ट सञ्चालनसँगै थारु समुदायका चर्तित परिकारहरु घोँगी, ढिक्री, लाइलड्डु, दूधपुवा, गंगटा, झिँगे माछा, सानो बाम, ऐँठा, सितुवा लगायतका परिकार पाउनुका साथै अन्य आधुनिक परिकारहरु समेत पाउन सकिने रिसोर्टका अध्यक्ष गोरक्ष चौधरीले जानकारी दिए । रिसोर्टको उद्घाटन गर्दै तिलोत्तमा–१६ का अध्यक्ष झविलाल भुसालले स्थानीय कला सँस्कृति संरक्षण गर्नेगरी सञ्चालनमा आएकोहुँदा स्थानीय सरकारबाट आवश्यक सहयोग र समन्वयका लागि तयार रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *