रुपन्देहीको गौडहवामा एक ब्यतीको हत्या

मणिग्राम ।
रुपन्देहीको गौडहवामा एक ब्यतीको हत्या भएको छ । आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध रहेको भन्दै एक जनाको हत्या गरिएको भन्दै जिल्लाको गैडहवा गाउँपालिका–६ गुलरियाका २६ वर्षीय दिनेश लोधको रामबरण लोधले हत्या गरेका हुन् । मंसिर १७ गते लोधको गैडहवा गाउँपालिका ६ गुलरिया स्थित पर्सा कलौनी सडक खण्डको पुर्ब किनारमा फेला शव फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय लुम्विनी र ईलाका प्रहरी कार्यालय सुर्यपुराको टोली घटनाको अनुसन्धान गर्दा सोही ठाउँका रामबरण लोधको हत्या गरेको रहस्य खुलेको हो । घटनास्थलबाट उठाईएका सबुद प्रमाण, प्रबिधिक पक्षको बिष्लेषण र स्थानियहरु समेतको भनाइको आधारमा मृतकको हत्या रामबरण यादवबाट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रामबरण लोधले आफ्नी श्रीमतीसँग अनौतिक सम्बन्ध रहेको कारणले दिनेश लोधको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

रामबरण लोधलाई फागुन २५ गते लुम्बिनी सांस्कृतिक नगरपालिका ७ शिवगढियाबाट पक्राउ गरी दिन ५ को म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *