तिलोत्तमामा मोटरसाइकल दुर्घटना , एकको मृत्यु,एक घाइते

बुटवल, फागुन २९ । शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको ज्यान गएको छ । । तिलोत्तमा–२ सिता राइस मिल अगाडि मोटर साइकल दुर्घटना हुँदा सिद्धार्थनगर –७ भैरहवाका घलान रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा सिद्धार्थनगर –७ भैरहवाका घलान रानाको मृत्यु भएको र धिरज सारु गम्भीर घाइते भएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ । शुक्रबार राति करिब ११ बजे भैरहवाबाट बुटवल आउँदै गरेको लु२२प २७७१ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिई अनियिन्त्रित हुँदा दुर्घटना भएको हो।
सिद्धार्थनगर –७ कै ४५ वर्षिय धिरज सारुले चलाएको बुलेट बाइक दुर्घटना हुँदा पछाडि सवार रानाको मृत्यु भएको हो भने चालक सारु गम्भीर घाइते भएको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *