
रामु यादव
शुद्धोधन गाउँपालिकाकोे बालबिबाह अन्त्यका लागी दुई दिवशिय रणनीतिक योजना कार्यशाला गोष्ठी लुम्बिनीमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले महिला हिंसा र बालविवाह दिन प्रति दिन बढी रहेकाले नेपालमा महिलाहरु असुरक्षित रहेको बताउदै नेपाल को संविधानले महिलाहरुलाई दिइएको अधिकारलाई व्यहारमा लागु गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बाल विवाह न्युनिकरण को उपाय ,कारण ,असर,चुनौतीका बारेमा जानकारी गराईएको छ ।
कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमत खाँन , उपाध्यक्ष सुधादेवी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले मन्तब्य व्यक्त राखेका थिए ।
शुद्धोधन गाउँपालिका, लबनीको आयोजना र शुद्धोधन गाउँपालिका स्तरीय किशोर किशोरी सञ्जालको सहकार्यमा कार्यक्रम संम्पन्न भएको थियो ।
कालिका स्वावलम्वन विकास केन्द्रद्धारा संचालित रुपान्तरण कार्यक्रमले प्रावधिक सहयोग रहेको सो कार्यक्रम ४५ जनाको सहभागिता रहेको थियो ।,