दाङमा आगलागी, आगलागी हुुदा ६ घर जलेर नष्ट

[sharethis-inline-buttons]

सोमबार विहान दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका ६ ढिकपुरमा करिब १० बजेतिर विद्युतको तार सट भइ आगलागी हुदाँ ६ वटा फुसको छाना भएको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, अन्नपात, लत्ताकपडा लगाएत सम्पुर्ण सामान जलेर नष्ट भएको लमही प्रहरी कार्यालय दाङले जनाएको छ । आगोलाई लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको लमही प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षती भएको छ अहिलेसम्म खुल्न सकेको छैन् ।


प्रकाशित : २०७७ चैत्र २, सोमबार १०:२३