अटो रिक्साको ठक्करबाट एक बालिकाको मृत्यु

दाङ, २०७७ चैत ३।

दाङमा अटो रिक्साको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिदाँ तीन वर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।घर अगाडिको बाटोमा खेलिरहेकी चौधरीलाई अटोले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ। अटो चालक सोही वडा २७ वर्षीय कमल पुन र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच कुलोमा चिप्लिएर लड्दा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरीकी १७ वर्षीया सृजना बोहराको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार बिहान नुहाउन हिडेकी बोहरा घर नजिकैको कुलामा चिप्लिएर लडेपछि गम्भीर घाइते हुनुभएको थियो। बोहोराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *