कृषकका लागी व्यवसायीक तरकारी खेती तालिम सुरु

ByLumbini Darpan Online

३ चैत्र २०७७, मंगलवार १५:१९ ३ चैत्र २०७७, मंगलवार १५:१९ ३ चैत्र २०७७, मंगलवार १५:१९

लुदस,दाङ । दाङमा मंगलबारदेखि विपन्न कृषकहरुका लागी व्यवसायीक तरकारी खेती तालिम सुरु भएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस समिति घोराही उपमहानगरपालिकाको आयोजनामा व्यवसायीक तरकारी खेती तालिम सुरु भएको हो ।
बिपन्न कृषकहरुको जीवनस्तर उकास्ने उद्देश्यले उपमहानगरपालिकाका ८० परिवारका लागि तालिम सुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका सहजकर्ता टीकाबहादुर बस्नेतले जानकारी दिएका छन् । उपमहानगरपालिकाको वडा नम्वर १ का २०, वडानम्वर २ का २०, वडानम्वर ६ का १०, वडानम्वर १७ का २० र वडानम्वर १ का १० परिवारलाई तालिममा सहभागी गराइएको बस्नेतले बताएका छन् ।


मंगलबारदेखि घोराही उपमहानगरपालिका वडा नम्वर २ का बिपन्न कृषकहरुका लागि व्यवसायीक तालिम सुरु गरिएको छ । कृषक समूहका अध्यक्ष जगतबहादुर चौधरीको अध्यक्षता एवं वडाध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा वडासदस्य टार्जन खड्का, गिरिराज केसी, तालिमका प्रशिक्षक अमृत बि.क.लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण कार्यक्रम सहजकर्ता टीकाबहादुर बस्नेतले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *