रतनपाण्डे सहकारीको १६ औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

ByLumbini Darpan Online

५ चैत्र २०७७, बिहीबार १६:५१ ५ चैत्र २०७७, बिहीबार १६:५१ ५ चैत्र २०७७, बिहीबार १६:५१

लुदस पोखरा ।
पोखरा १३ आर्बा साझाचोकमा रहेको रतनपाण्डे बचत तथा ऋण सहकारी संस्थाले संस्था स्थापनाको १६ औं बार्षिकोत्सबको अबसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको रतनपाण्डे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त शर्मा अधिकारीले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रममा पहिलो रक्तदातालाई बलर्ड ब्याग हस्तान्तरण गर्दे को अपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्सका केन्द्रीय अध्यक्ष डिल्लीराम बरालले बित्तिय कारोबार ,सामाजिक सामुदायिक बिकास तथा मानवीय सेबाका क्षेत्रमा रतनपाण्डे सहकारीले गरेको उल्लेखनीय कार्य तथा योगदानको उच्च प्रसंशा गरेका छन्।

कार्यक्रम अतिथिको रुपमा को अपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्सका जिल्ला अध्यक्ष धर्मराज अर्याल ,जिल्ला सहकारी संघ कास्कीका संचालक चन्दा पराजुलीले बार्षिक रुपमा रतनपाण्डेले गरेका गतिविधिहरु प्रति धन्यवाद ब्यक्त गरेकी छन् भने सहकारीका सात सिद्धान्त बाचन संस्थाका संचालक शरदचन्द बरालले गरेका छन् ।

१ हजार ६ सय शेयर सदस्य रहेको संस्थाले ३ करोड ९५ लाख ,लगानीमा १४ करोड र ६ जना कर्मचारीहरु कार्यरत रहेको संस्थाका ब्यबस्थापक नित्यानन्द अधिकारीले जानकारी दिए । कार्यक्रम सहकारीका अध्यक्ष बसन्त शर्मा अधिकारीको अध्यक्षता ,संस्थाका उपाध्यक्ष नारायण बरालको स्वागत तथा सचिब गोपाल बराल सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *