
बुटवल २०७७ चैत्र ६
रुपन्देहीको बुटवल मिलनचोकमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । विहिबार राती सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल उपमहानगरपालिका–९ मिलनचोकमा पूर्वबाट पश्चिम आउँदै गरेको अनटेस्ट मोटरसाइकल को १ ख ५८८६ नम्बरको टिप्परमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–४ अमरपथका अन्दाजी २० वर्षीय मोटरसाइकल चालक विशाल रसाईली गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्रफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते रसाईलीलाई उपचारका लागि मेडिकल कलेज भैरहवामा लगिएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकेपछि थप उपचारका लागि मेडिकल कलेजमा रिफर गरिएको हो ।दुर्घटनापछि टिप्परलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

