विना झन्जट पशु विमा रकम भुक्तानी

लुदस, कोपवा

निर्धन उत्थान लधु वित्त वित्तीय संस्था शाखा कार्यालय ओदारीले कृषकका लागि पशु सुरक्षण अन्रगत बाणगंगा नगरपालिका ६ मा पशुको मृत्यु भएपछी मृत्यु दावी रकम भुक्तानी गरेको छ ।

संस्थाका शाखा प्रमुख सुशील गौतमले स्थानीय समाजसेवी वडा सदस्य संचारकर्मी समुहका सदस्यहरू लगाएतको रहोवरमा वडा सदस्य शान्ता बेल्वासे मार्फत पशुपालक कृषक हरिकला गुरुङ्गलाई ९० हजार रकम हस्तान्तरण गरेका हुन् ।

कृषकलाई
यो विमा क्षेत्रले जोखिम वहनमा महत्वपूणर् भुमिका खेलेको भन्दै यस अवधिमा ४ वटा गाई भैंसी र २० वटा बाख्रा को क्षतिपूर्ति दिएको बताए ।

निर्धनले कृषकहरूलाई विना झन्जट सेवा दिने र ऋणी सदस्यका साथै पशुको समेत विमा गर्दै आएको गौतमको भनाई छ । १५ सयको विमाबाट ९० हजार प्राप्त गरेकोमा ठुलो सहयोग पुगेको हरिकला गुरूङले बताईन् । उनले लगानी सुरक्षित भएको महसुस भएको भन्दै आफ्नो कार्यमा उत्प्रेरण मिलेको भनाई रहेको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *